२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टेकु अस्पतालको नर्स क्वार्टरमा एक पुरुष मृत भेटिए

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषको शव भेटिएको छ । एक नर्सका श्रीमान् मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताउनुभयो । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।

श्रीमतीलाई उनले नै अस्पताल पुर्‍याइदिने र पहिले त्यहीँको क्वार्टरमा पनि बसेको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय भने बाहिर डेरा गरि बस्दै आएका थिए । भण्डारी गुल्मी रुपाकोट का हुन् । घटनास्थलमा सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त, कालीमाटीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस