२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनसुनी वायु नेपाल छिर्ने अलार्म बज्यो, केरला आइपुगेको मनसुन झापा हुँदै छिर्छ

काठमाडौं । यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ। मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो।

ुकेरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको छ। त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको देखिन्छ, मौसमविद् सञ्जीव अधिकारीले भन्नुभयो । केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरू हुने हो। सामान्यतः केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल पुग्न १३ दिनसम्म लाग्छ।

मौसमविद् अधिकारीले हरेक वर्ष सोही मिति र अवधि लागू नहुने बताउनुभयो । लामो वर्षहरूको एभरेजमा हो। मिति र बीचको १२ दिन सधैभरि एउटै नहुन पनि सक्छ, उहाँले भन्नुभयो ।

केरलामा आइसकेकाले मनसुनी वायु नेपाल आउन अब धेरै ढिला नहुने उहाँले बताउनुभयो । उहाँका अनुसार केरलाबाट मनसुनी वायु बंगालको खाडी पुग्छ। त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्छ। केरलाबाट नेपाल भित्रन कति समय लाग्छ भनेर यकिनका साथ भन्न नसकिने उहाँले बताउनुभयो । केरला आइपुग्यो भनेपछि मनसुनी वायु नेपाल छिर्ने अलार्म बज्यो, उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस