२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१६ हजारभन्दा धेरैको मुटु सर्जरी गर्ने डाक्टर गौरवको हृदयघातका कारण अल्पआयुमा नै निधन

Cardiologist dies of heart attack at 41 despite normal ECG What does death of Dr Gaurav Gandhi tell us

काठमाडौं । १६ हजारभन्दा धेरै सर्जरी गर्ने डाक्टर गौरवको अल्पआयुमा नै निधन भएको छ । भारतको गुजरातका चर्चित मुटुरोग विशेषज्ञ सर्जन डाक्टर गौरव गान्धीको निधन भएको हो । गान्धीको हृदयघातका कारण मङ्गलवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४१ वर्षीय गान्धी पेलेस रोडमा रहेको आफ्नो घरमा सुतेको अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घोषित गर्दै हृदयघातका कारण ज्यान गएको बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ।

डा.  गान्धीले आफ्नो मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिको मुटुको सर्जरी गर्नुभएको थियो । डाक्टर गान्धी फेसबुकमा ुहाल्ट हार्ट अट्याक क्याम्पेनु मा पनि जोडिनुभएको थियो । यो देशभर हृदयघातको कारण भइरहेको मृत्युको विरुद्ध एक अभियान थियो । उहाँले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आउनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस