२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हाडजोर्नी रोग विशेषज्ञ डा. रामकेवल साहको क्यान्सरबाट निधन

RamKewal Yadav

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन. विनोद यादवले जानकारी दिनुभयो ।

काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उहाँलाई दिल्ली लगिएको थियो । उहाँ मधेशमा एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस