२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चामलको पिठो प्रयोग गरेर पनि यसरी चम्काउन सकिन्छ आफ्नो अनुहार [विधिसहित]

How to get glowing face with rice flour [with method]

काठमाडौं । छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्ता सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो।

साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।

दुई चम्चा चामलको पिठोमा पाकेको केरा साथै एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेष्टलाई कालो घेरामा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले डार्क सर्कल हट्छ ।

कालो दाग र मुसा आउने समस्याका लागि उपयोगी

चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।

घामले डढेको छालाको कालो धब्बालाई हटाउँछ

एक चम्चा चामलको पिठोमा कागतीको रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुक्न दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।

अनुहारमा देखिने बुढौलिपन हटाउन हट्छ

चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिन नदिनका लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुका साथै जवान पनि देखिन्छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस