२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतबाट कार्गो रेल विराटनगर आइपुग्दा व्यवसायीमा उत्साह

Indian cargo train arrives in Biratnagar

विराटनगर । विराटनगर भन्सार यार्डसम्म कार्गो रेलबाट सस्तो ढुवानी लागतमा औद्योगिक कच्चापदार्थ आयात हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीमा उत्साह बढेको छ । ढुवानी लागत र समय बढी लाग्ने भन्दै यहाँबाट विस्थापित उद्योगी र व्यवसायी पुनः यहीं फर्कने वातावरण कायम भएको उद्योगीको भनाइ छ ।

जोगबनी नाकाबाट हुने व्यापार बढ्ने तथा भन्सार राजस्व असुलीमा पनि सुधार आउने सम्बद्ध पक्षको विश्वास छ । कार्गो रेलबाट कच्चा पदार्थ आयात गर्दा कन्टेनर र ट्रकको दाँजोमा झन्डै ४० प्रतिशत ढुवानी खर्च कम लाग्दा औद्योगिक उत्पादनको लागत कम भएर उपभोक्तालाई पनि राहत पुग्ने एवं सुस्त रहेको बजार पनि केही चलायमान हुन सक्ने सम्बद्ध उद्योगीको बुझाइ छ । उनीहरूका अनुसार करिडोरमा उद्योग थपिने क्रम पनि बढ्नेछ ।

भारतको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिब आठ किमि रेलमार्गमा गत बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालनमा आएको हो । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा सानाठूला गरेर ५ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । तिनका लागि भारतको कोलकाता र अन्य क्षेत्रबाट दिनको ३ सयभन्दा बढी ट्रक तथा कन्टेनरले औद्योगिक कच्चा पदार्थ विराटनगर भन्सारमा ल्याउँथे । अब त्यो कच्चापदार्थ कार्गो रेलबाट सस्तो लागतमा ढुवानी हुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस