२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो । जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस