२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने मुर्दावाद भन्दै चर्को आन्दोलन

काठमाडौ । नागरिकताविहीन संघर्ष समितिले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा कार्यान्वयनमा गैसकेको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल लागू नगर्न आदेश दिएपछि तराइ–मधेस केन्द्रित आन्दोलन गरिरहेको संघर्ष समितिले आज काठमाडौको माइतीघरमा प्रदर्शन गरेको हो ।
त्यसक्रममा प्रदर्शनकारीहरुले आफूहरुलाई वर्षैदेखि अनागरिक बनाइएको भन्दै चर्को आक्रोश पोखे । उनीहरुले नागरिकतासम्बन्धी प्रावधान समेटिएको कानुनको पूर्ण पालना गर्न पनि माग गरेका छन् ।

तत्कालीन राष्ट्रपति भण्डारीले दुई पटकसम्म रोकेको नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आग्रहमा यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण गरेकोमा प्रमुख प्रतिपक्ष एमाले, रवि लामिछानेको रास्वपा र पूर्वपञ्चहरुको पार्टी राप्रपालगायतले विरोध गरिरहेका छन् । संसद्लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको उनीहरुको आरोप छ ।

विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले उनीहरुको माग अनुसार नै अन्तरिम आदेश दिएपछि ऐनमा रुपान्तरण भैसकेको विधेयक पुरानै अवस्थामा पुगेको छ ।

त्यसविरुद्ध वर्षौदेखि नागरिकता नपाएका जन्मसिद्धका सन्तानहरु आन्दोलित भएका हुन् । आमा र बाबु दुवै नेपाली भएर पनि नागरिकता नपाउनेको संख्या झन्डै १२ लाख रहेको अनुमान छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस