२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : अध्यक्ष केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउनुभयो । ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उहाँले भन्नुभयो ।

ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चुप लागेर नवस्ने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अव चुप लागेर नवस्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस