२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा गलत विषयमा बहस भएको प्रति रवि लामिछानेले मागे माफी

Rabi Lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गर्नुभएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामिछानेले संसद्मा भैँसी र राँगाको विषयमा बहस गर्ननहुने बताउँदै गलत विषयमा छलफल भएको प्रति आफूले माफी माग्नुभयो ।

लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताउनुभयो । ‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस