२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज अझै ह्वात्तै घट्यो सुनको मूल्य

today gold price in nepal

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजोको तुलनामा आज मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस