२०८१ असार ५ गते मङ्गलवार | 2024 June 18th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजारमा सामान्य वृद्धि, यी कम्पनीको सेयर मूल्य बढ्यो

nepal share market today

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयदेखि घट्न थाले पनि दिउँसो १ बजे तर्फबाट नेप्से परिसूचक बढ्न थालेको थियो । तर, १२३ वटा कम्पनीको मूल्य घटेसँगै अन्तिम समयमा वृद्धि खुम्चिएर सामान्यमा आएर रोकिएको हो । परिसूचक ७.२७ अङ्कले बढेसँगै परिसूचक १९३९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको मूल्य स्थिर छ । परिसूचक ७ अङ्कले बढ्दा दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८७ रुपैयाँ पुगेको छ ।

यस्तै, आज भूगोल इनर्जी विकास कम्पनीको सेयर मूल्य समेत ९.९६ प्रतिशतले बढेको छ । यस क्रममा आज २ अर्ब ३० करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ भने आज ५९ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा ४ समूहको सूचक घटेको छ । कारोबारमा आएका १३ मध्य ४ वटा समूहको सूचकमा गिरावट आएको हो । आज बैङ्क, होटेल र टुरिजम, जलविद्युत र उत्पादनमूलक समूहको सूचक घटेको हो । यसबाहेक समूहको सूचक भने बढेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस