२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङको सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष बोहराको निधन

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उहाँको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो । लिभरमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर फर्किनुभएको थियो ।

बोहरा २०७९ को पालिका चुनावमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने बोहरा एक मात्रै वडाअध्यक्ष हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस