२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनले पृथ्वीमा ३२ हजार फिट गहिरो प्वाल किन बनाइरहेको छ ?

Why China Is Drilling A 32808-Feet-Deep Hole Into The Earth's Crust

काठमाडौं । चीनबाट सबै झस्किनुपर्ने खबर आएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ वैज्ञानिकहरूले पृथ्वीको क्रस्टमा १०,००० मिटर अर्थात् ३२,८०८ फिट गहिरो प्वाल खनिरहेका छन्।

वैज्ञानिकहरूले यो प्वाल चीनको सिनजियाङ प्रान्तमा खनिरहेका छन्। सिन्जियाङलाई तेलको धनी क्षेत्र मानिन्छ। रिपोर्टका अनुसार, १० भन्दा बढी महाद्वीपीय वा चट्टानी तहहरू छेड्दै पातलो शाफ्ट पृथ्वीको क्रस्टमा रहेको क्रेटासियस प्रणालीमा पुग्नेछ ।

रिपोर्टमा यो पनि भनिएको छ कि वैज्ञानिकहरूले पृथ्वीको क्रस्टसम्म प्वालहरू खनिरहेका छन्। पृथ्वीको क्रस्टमा पाइने चट्टानको उमेर करिब १४ करोड ५० लाख वर्ष छ। चट्टानको उमेर रक डेटिङको सहयोगमा गणना गरिन्छ।

पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा गहिरो मानव निर्मित प्वाल रुसी कोला सुपरदीप बोरहोल हो। यसको गहिराई १२,२६२ मिटर अर्थात् ४०,२३० फिट छ। कोला सुपरदीप बोरहोल २० वर्षको ड्रिलिङपछि सन् १९८९ मा बनाइएको थियो।

रिपोर्टका अनुसार चिनियाँ वैज्ञानिकहरूले मंगलबारदेखि पृथ्वीमा प्वाल खन्न थालेका छन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले यस प्वालको सहायताले सतहभन्दा माथि र तल नयाँ सिमानाहरू खोजिरहेको छ। मंगलबार बिहान नै चीनले पहिलो पटक नागरिकलाई अन्तरिक्षमा पठाएको छ । गोबी मरुभूमिबाट एक चिनियाँ अन्तरिक्ष यानबाट यात्रीलाई अन्तरिक्षमा पठाइएको छ ।

यो प्वाल ड्रिलिंग गर्दा आइपरेको समस्याबारे टिप्पणी गर्दै चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिन्सेङले ड्रिलिंग परियोजनामा ​​आइपर्ने समस्यालाई दुई पातलो स्टिलका केबलमा चल्ने ठूलो ट्रकसँग तुलना गर्न सकिने बताए।

तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ यस परियोजनाका लागि धेरै अघि नै विश्वस्त भइसकेका थिए । सन् २०२१ मा देशका प्रमुख वैज्ञानिकहरुलाई सम्बोधन गर्दै उनले पृथ्वीको अन्वेषणलाई तीव्रता दिने कुरा गरेका थिए । चिनियाँ राष्ट्रपतिले यस्ता आयोजनाले खनिज र ऊर्जा स्रोतको खोजीमा सहयोग पुग्ने बताए । यसका साथै भूकम्प र ज्वालामुखी विष्फोट जस्ता वातावरणीय प्रकोपको जोखिम मूल्याङ्कन गर्न पनि सहयोगी हुनसक्छ ।

आयोजनाको नेतृत्व गरिरहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनका अनुसार यो परियोजनाले पृथ्वीको आन्तरिक संरचनाको तथ्याङ्क उपलब्ध गराउनेछ । साथै गहिरो भूमिगत ड्रिलिंग प्रविधिहरू परीक्षण गर्नेछ। यो आयोजनाको ड्रिलिंग गर्न ४५७ दिन लाग्ने अनुमान छ ।

पृथ्वीको आन्तरिक संरचनालाई तीन भागमा विभाजन गरिएको छ । पृथ्वी भित्र तीन भागहरू छन् – माथिल्लो सतह वा पृथ्वीको क्रस्ट, केन्द्रीय भाग (कोर) र आवरण (मन्टल)। पृथ्वीको माथिल्लो भागलाई पृथ्वीको क्रस्ट भनिन्छ। पृथ्वीको क्रस्टको मोटाई लगभग ३ देखि ४० किलोमिटर मानिन्छ। यो मुख्यतया बेसाल्ट र ग्रेनाइटबाट बनेको हुन्छ। पृथ्वीको कुल आयतनको ०.५ प्रतिशत पृथ्वीको क्रस्ट हो जबकि ८३ प्रतिशत आवरण हो। बाँकी १६ प्रतिशत भाग कोर हो।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस