२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले उठाउने राजश्वभन्दा ३ खर्ब बढी सरकारी खर्च, धेरै रकम तलब भत्तामै सकिन्छ

काठमाडौं । सरकारको बजेट व्यहोर्ने स्रोत पौने ३ खर्ब घाटामा गएको छ । सरकारको प्रशासनिक खर्च ज्यादा हुन थालेपछि बजेट घाटाको ग्राफ उकालो चढेको हो । अहिले सरकारको तलब भत्तालगायतका प्रशासनिक खर्च नै ८ खर्ब ६० अर्ब पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयको जेठ २५ गतेसम्मको तथ्यांकले सरकारको प्रशासनिक खर्च (सालबसाली खर्च) राजस्वभन्दा बढी देखिएको हो । यसले राजस्व चरम घाटामा रहेको संकेत गर्छ । चालू खर्च शीर्षकअन्तर्गत खर्च हुने यस्तो खालको खर्चकै कारण बजेट घाटामा पुगेको छ । जबकि यो अवधिमा राजस्व (सरकारको आम्दानी) ८ खर्ब ३८ अर्ब १९ करोड रुपैयाँ रहेको छ । अहिले सरकारको जम्मा आम्दानी ८ खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने खर्च ११ खर्ब ४९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस