२०८२ जेष्ठ ८ गते बुधवार | 2025 May 21st Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा २८ वर्षपछि ४६.४ डिग्री तापक्रम, अझै बढ्ने जल तथा मौसम विभागको दावी

46.4 degree temperature after 28 years in Nepal

काठमाडौं । नेपालमा २८ वर्षपछि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। शुक्रबार धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभागका मौसम विद् सञ्जिब अधिकारीले जानकारी दिनुभयो । यसअघि धनगढीमा यही डिग्रीको तापक्रम २८ वर्षअघि मापन भएको थियो। सन् १९९५ जुन १६ तारिखमा पनि उक्त तापक्रम मापन भएको उहाँले बताउनुभयो । नेपालको रेकर्डमै यो तापक्रम अहिलेसम्मकै उच्च हो।

मौसमविद् अधिकारीका अनुसार तराईका अधिकांस भूभागमा पर्सीसम्म तापक्रम स्थिर नै रहनेछ। धनगढीमा अझै बढ्नेछ । ‘तातो हावा तथा लूको बारेमा हामीले बुलेटिन जारी गरेका थियौं। त्यसअनुसार देशको मध्य तथा पश्चिम तराई‌‌हरूमा पर्सीसम्म पनि तातो हावा, तापक्रममा गिरावट आउने, बन्द हुने देखिन्न,’ उहाँले भन्नुभयो,‘ केही तलमाथि भएपनि केही दिन यस्तै हुनेछ।’

तर कोशी प्रदेशको हकमा भने बादलहरूको विकास भएको उहाँले बताउनुभयो । विराटनगरमा बादलका कारण बिहीबारभन्दा शुक्रबार तापक्रम घटेको उहाँले जानकारी दिनुभयो । ‘मनसुन नै भित्रिसकेको होइन। त्यसलाई समय लाग्छ। तर पूर्वको विराटनगरमा बादल लागेको छ। त्यही भएर ३६.६ डिग्री मात्रै तापक्रम मापन भएको छ,’ उहाँले भन्नुभयो । बिहीबार त्यहाँ ४२.६ डिग्री तापक्रम पुगेको थियो। शनिबारको मौसम पूर्वानुमानअनुसार पनि कोशी प्रदेशमा मौसम बदली हुने सम्भावना छ। ‘आगामी दिनहरूमा कोशी प्रदेशमा चाहि बदली हुने सम्भावना देखिन्छ। बाँकी तराईका भूभागमा त्यति बदली नभई सामान्यता मौसम सफा नै रहनेछ। र तापक्रममा त्योभन्दा अझै बढ्ने सम्भावना नभएपनि घट्ने सम्भावना पनि देखिँदैन,’ उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस