२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एसका उपाध्यक्षको चेतावनी – सरकार छाड्नु परे परोस्, बजेट पास कुनै हालतमा हुन दिन्नौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिनुभएको छ । उहाँले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताउनुभयो ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पाण्डेले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आक्रोश जनाउनुभयो । उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधारमा ५ अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा ५५ करोड गोरखामा ७०–७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीन वटा जिल्लामा बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं ।

यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन ।’ पाण्डेले १६५ निर्वाचन क्षेत्र भएपनि २–३ ठाउँमात्र बजेट दिएर अन्यत्र विभेद गरिएको टिप्पणी गर्नुभयो । ‘आजको जनता हो ४८ सालका जनता होइनन् । त्यही कांग्रेस, त्यही माओवादीलाई भोट हाल्ने जनता एउटा क्षेत्रमा ११० करोड हाल्ने कांग्रेसले नै जितेको अर्को ठाउँमा शून्य’, पाण्डेको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस