२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गणतन्त्र र संघीयता फालेर राजादेखि विप्लव माओवादी सम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र संघीयता फालेर राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहसको प्रस्ताव गर्नुभएको छ । पार्टी आबद्ध जनवर्गीय संगठनहरुको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

आक्रोश युक्त भाषण गर्नुभएका थापाले गणतन्त्रका सम्बाहक शक्तिमाथि बारम्बार प्रश्न उठाउनुभयो । उहाँले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताउनुभयो । अब राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्नेमा थापाको जोड थियो ।देशमा भएका ठूला भ्रष्टाचारका काण्डहरुको फाईल खोलेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढानुपर्ने थापाको भनाई थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस