२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबैको सम्पत्ति छानबिन गरौं, तर ललितानिवासको जग्गा फिर्ता गरेर उन्मुक्ती दिनेजस्तो नाटक चाहीँ नगरौं: जनार्दन शर्मा

Janardan Sharma

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आफू ०४६ सालदेखि यता सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै शर्माले त्यसका लागि सम्पत्ति छानबिन आयोग बनाउन राजनीति सहमति गर्ने प्रस्ताव समेत गर्नुभयो ।

‘तर ललितानिवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिनेजस्तो नाटक चाहीँ नगरौं,’ उहाँले भन्नुभयो । शर्माले अर्थमन्त्री छँदा खैनी, चुरोट र सुपारीमा करवृद्धी गरेका कारण नै आफूमाथि हमला भएको बताउनुभयो । ‘यसका पछाडि को थिए, त्यसबेलाका मिडिया रिपोर्टमा उनीहरूको अनुहार प्रष्टै देखिएकै थिए,’ उहाँले प्रश्न गर्नुभयो, सुपारी तस्कर रोक्न गलत थियो ?’

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस