२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल

Madhav Kumar Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पूँजीवादी बढेको र इमान्दार पिल्सिरहनुपर्ने अवस्था भएको बताउनुभएको छ । त्यसलाई आफूहरूले परिवर्तन गर्न चाहेको उहाँको भनाई छ ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको काठमाडौंमा सुरू प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले कोही कसैमाथि आग्रह पूर्वाग्रह नराखी आफ्नो जिम्मेवारी निभाउन पत्रकारसँग आग्रह गर्नुभयो । नेपालले संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध कलम चलाउन अनुरोध गर्नुभयो ।

नेपालले भन्नुभयो, ‘असल कामको चर्चा होस् । समाजमा सबै सकारात्मक–नकारात्मक कुरा हुन्छन् सबै आवस् । आग्रह पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन । संविधानको रक्षा गर्ने गरी काम गर्नुपर्छ’, उहाँले भन्नुभयो । नेपालले नेपालको संविधानले सबै हक अधिकारको प्रत्याभूत गरेकाले रक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ । समाजवादमुखी अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप अघि बढ्छ भने त्यसका विरुद्ध कलम चलाउनुहोस् । जनतामा चेतना, देशको स्वाभिमान रक्षाका लागि निरन्तर लाग्नुस् । हाम्रो साथ र सहयोग रहन्छ । ‘

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस