२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोडेल तथा नायिका अनिता गिरिलाई ‘क्याप्टिभेटिङ क्रिएसन २०२३ फिमेल मोडेल’ अवार्ड

काठमाडौं । आइतबार फर्न इभेन्ट्स द्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि गिरिको नयाँ चलचित्र ‘नम्बरि सुन’ रिलिजको क्रममै छ।

नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी, सुर्य मगर, कुमार जोशी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

 

वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराई लगायत लगायत थुप्रै नेपाली कलाकर्मीले एकसाथ सम्मान र अवार्ड प्राप्त गरे । दिग्गजहरूलाई सम्मान गर्ने र नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उदात्त दृष्टिकोणका साथ विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई यो पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस