२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीलगायत विचार मिल्नेसँग एकताको पहल गर्ने समाजवादीको निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने,’ बैठकले निर्णय गरेको छ ।

पार्टी एकताअघि एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मेर्चा बनाउँदै एकताको पहल अघि बढाउने समाजवादीको निर्णय छ । समाजवादी केन्द्र ध्रुव निर्माणका लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गर्ने प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले थप निर्णय गर्ने समाजवादीले जनाएको छ । केन्द्रीय समितिले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव व्यापक छलफल गरी एकमतले पारित गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस