२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फोहोर व्यवस्थापन नगरेको भन्दै फलफूल थोक व्यवसायी महासंघलाई काठमाडौं महानगरद्वारा ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । नगर कार्यपालिकाको कार्यालय महानगर प्रहरी बलले संघलाई जरिवाना गरेको हो ।

काठमाडौं महानगर नं. १४ कुलेश्वरमा रहेको नेपाल फलफुल थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर व्यवस्थापन नगरेको भन्दै नगर प्रहरीले संघलाई जरिवाना गराएको जनाएको छ । महानगरले आफ्नो परिसरमा फोहोर व्यवस्थापनमा भूमिका खेल्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस