२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरीमा डुबेर जाजरकोटमा २ बालकको मृत्यु

सुर्खेत । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।

उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर, दुई जनालाई अस्पताले मृत घोष्णा गरेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस