२०८१ बैशाख १७ गते सोमवार | 2024 April 29th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विमान दुर्घटनामा हराएका ४ बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला, संघर्ष सुन्दा विश्व स्तब्ध

काठमाडौं । विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको बीबीसीले जनाएको छ ।

तेह्र,नौ,चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी भएको बताइएको छ । कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले यो दिन पूरै देशको लागि हर्षको दिन भएको बताउनुभएको छ ।

ती बालबालिका गएको मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजोनस प्रदेशको एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरको हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटको ज्यान गएको थियो । ती तीन जनाको शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेको थियो । तर चार जना बालबालिका भौतारिँदै अनकन्टार जंगलमा गएको हुनसक्ने आशंकापछि कोलम्बियाई सेनाले खोजी तीव्र पाररेको थियो । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टोलीले खोजी गरेको थियो । त्यहाँका स्थानीय बासिन्दा पनि खोजी कार्यमा खटेका थिए ।

यतिका लामो समयसम्म जंगलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यको कुरा हो । तर तीनीहरु स्थानीय ह्वीटोटो जाति तथा समुदायको भएको र उनीहरुलाई जङ्गली फलफुलको बारेमा जानकारी भएको र जंगलमै पनि बस्न सक्ने खुबी भएकाले जीवीतै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस