२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा खतरनाक आँधी आउँदै : सामुन्द्रीक किनारका मानिस सार्न थालियो, नेपालमा कस्तो छ असर

काठमाडौं । भारतको सामुन्द्रीक तटीय क्षेत्रमा फेरि एकपटक (चक्रवात) आँधी ‘विपरजाँय’ को खतरा बढेको छ । मौसम विभागका अनुसार आज यो आँधीले झनै डरलाग्दो रुप लिन सक्छ । त्यसपछि यो ठूलो चक्रवात तुफान बन्ने सम्भावना छ । यस आँधीको प्रभाव धेरै तटीय क्षेत्रमा देख्न सकिन्छ। यस अवधिमा हावाहुरी र भारी वर्षाको सम्भावना रहेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिनमा यो आँधी उत्तरबाट उत्तरपश्चिमतर्फ सर्ने जनाएको छ । अर्कोतर्फ, मौसम पूर्वानुमान महाशाखाले सात राज्यमा गर्मीको लहर रहने जनाएको छ ।

तिथल समुद्र तट ४ दिनसम्म बन्द
आँधी ठूलो हुने भएकाले अरब सागर तटमा रहेको तिथल समुन्द्री तटमा उच्च छाल देखिएको छ । मौसम विभागको चेतावनीपछि सतर्कता अपनाउँदै वलसाड प्रशासनले तिथल समुद्री किनार पर्यटकका लागि बन्द गरेको छ । वलसाड तहसीलदार टीसी पटेलले भने कि माछा मार्नेहरूलाई समुद्र नजिक जान कडाइका साथ निषेध गरिएको छ। दरियाकन्थन गाउँका मानिसहरूलाई स्थानान्तरण गरी उनीहरूका लागि आश्रयस्थलको व्यवस्था गरिएको छ । यसैबीच, तिथल समुद्र तटलाई आगामी ४ दिनसम्म पर्यटकका लागि बन्द गरिएको छ ।

भारी वर्षाको सम्भावना
आईएमडीका अनुसार आँधी उत्तर–उत्तर पूर्वतिर सर्दैछ । आगामी चार दिनसम्म दक्षिण भारतीय क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केरला र तटीय कर्नाटकमा सोमबारसम्म भारी वर्षा हुने सम्भावना छ भने लक्षद्वीपमा आइतबारसम्म वर्षा हुनेछ। यसबाहेक, केरलाका आठ जिल्लालाई शुक्रबार जोडदार चेतावनीमा राखिएको छ। यी जिल्लाहरूमा तिरुवनन्तपुरम, कोल्लम, पठानमथिट्टा, अलाप्पुझा, कोट्टायम, इडुक्की, कोझिकोड र कन्नूर समावेश छन्।

अर्कोतर्फ, भेल्लोर जिल्लामा शुक्रबार हावाहुरीसहित भारी वर्षा भएको छ भने केही ठाउँमा असिना पनि परेको छ। चेन्नई क्षेत्रीय मौसम विज्ञान केन्द्र वेल्लोरका अनुसार ५ सेन्टीमिटर वर्षा रेकर्ड गरिएको छ। नेपालको सीमाना रहेको उत्तर प्रदेश, विहार र पश्चिम बंगालसम्म भारी बर्षा र हावाहुरी आउने चेतवानी दिइएको छ । यसको असर नेपालसम्म पुग्नेछ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस