२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जेठ २८, २०८०, आइतवार सूर्यझैं चम्किनेछन् यी राशिका भाग्य : पढ्नुहोस् मेषदेखि मीनसम्मको राशिफल

Aajako Rashifal Aaitabar Sunday

धार्मिक ब्यूरो । राशिफल ग्रह र नक्षत्रहरूको चालबाट मूल्याङ्कन गरिन्छ। आइतबार सूर्य भगवानको लागि समर्पित छ। जुन ११ तारिख आइतबार हो । यो दिन सूर्य भगवानको कृपा केही राशीलाई मिल्दैछ । आइतबार केही राशिका व्यक्तिहरूले नयाँ योजना बनाउनेछन्।

कतिपयको आर्थिक स्थितिमा सुधार आउनेछ । चार राशि हुनेहरूले दिनभर सावधानी अपनाउनुपर्नेछ। कुन राशिलाई फाइदा हुनेछ र कुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्नेछ। जेठ २८, २०८०, आइतवार 11 June, 2023 अष्टमी, आषाढ कृष्णपक्ष तछलागा, ११४३ ने.सं. सूर्योदय ५:०९ सूर्यास्त १८:५८ पढ्नुहोस् मेष देखि मीन सम्मको राशिफल ।

मेष राशि – बोलीमा मिठास रहनेछ । मन प्रसन्न रहनेछ। व्यापारमा लाभको अवसर मिल्नेछ । व्यापारिक प्रयोजनका लागि विदेश यात्राको सम्भावना छ । यात्रा लाभदायक हुनेछ तर खर्च पनि बढ्नेछ। तनाव बढ्नेछ।

वृष राशि – नोकरीमा अधिकारीको सहयोग रहनेछ तर कार्यस्थलमा परिवर्तन आएपछि अन्य ठाउँमा जान सकिनेछ । आम्दानीमा पनि वृद्धि हुनेछ । बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। दाजुभाइको सहयोग मिल्नेछ ।

मिथुन राशि – मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। व्यापार विस्तारको लागि अन्य ठाउँमा जाने सम्भावना छ। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ । प्रगतिको बाटो खुल्नेछ । क्रोधको मात्रा बढ्नेछ।

कर्कट राशि – मन प्रसन्न रहनेछ तर केही मानसिक समस्या पनि आउन सक्छ । धैर्यतामा पनि कमी आउन सक्छ। आफ्नो स्वास्थ्यको बारे मा सावधान रहनुहोस् । काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। यात्राको सम्भावना छ ।

सिंह राशि – आत्मविश्वास भरिपूर्ण रहनेछ तर धैर्यतामा केही कमी आउन सक्छ। शान्त रहनुहोस् । व्यापारमा लाभको अवसर मिल्नेछ । सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ ।

कन्या राशि – मनमा उतारचढाव रहनेछ । आत्म–नियन्त्रित हुनुहोस्। व्यापारमा बृद्धि हुनेछ । मिहिनेत बढी हुनेछ, तर केही कठिनाइ पनि आउन सक्छ। लाभको अवसर पनि मिल्नेछ । घरजग्गाबाट आम्दानीका नयाँ स्रोतहरू विकास हुनेछन्।

तुला राशि – मन प्रसन्न रहनेछ । लुगा खरिदमा खर्च बढ्न सक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ । साथीभाइको सहयोग पनि मिल्नेछ । धार्मिक स्थलको यात्रामा जान सकिनेछ ।

वृश्चिक राशि – मनमा आशा र निराशाको भावना आउन सक्छ। बुबाको स्वास्थ्यको ख्याल गर्नु होला । आमाको सहयोग मिल्नेछ । सवारी साधनको सुखमा कमी आउन सक्छ। व्यापार व्यावसायमा नाफा कम हुनेछ । अज्ञात भयले सताउन सक्छ ।

धनु राशि – मन प्रफुल्लित रहनेछ तर अनावश्यक क्रोध र वादविवादबाट बच्नुहोला । शैक्षिक कार्यका लागि विदेश जान सकिनेछ । सरकारको सहयोग पनि मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू पूरा हुने सम्भावना छ।

मकर राशि – मनमा उतारचढाव रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला । जीवन कष्टदायी हुन सक्छ। कार्यस्थलमा थप मिहिनेत हुनेछ । व्यापारमा जोखिम मोल्नबाट जोगिनुहोस्। प्रगति भइरहेको छ। साथीभाइको सहयोग मिल्नेछ ।

कुम्भ राशि – दाम्पत्य सुखमा वृद्धि हुनेछ । धार्मिक कार्यमा व्यस्त रहने दिन छ । व्यापार कार्यमा अवरोध आउन सक्छ। थप दौडधुप हुनेछ। जीवन अव्यवस्थित हुनेछ। प्रगति भइरहेको छ। नयाँ अवसर मिल्नेछ ।

मीन राशि – मन प्रसन्न रहनेछ। तैपनि अनावश्यक मानसिक तनावबाट बच्नुहोला । घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । कपडा आदिमा खर्च बढ्नेछ । साथीभाइबाट व्यापार प्रस्ताव प्राप्त गर्न सकिनेछ । सफलताको सम्भावना छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस