२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोरोनासम्बन्धी नियम उलंघनको आरोपमा बेलायती पूर्व प्रधानमन्त्री जोनसनद्वारा सांसद पदबाटपनि राजीनामा

Former U.K. Prime Minister Boris Johnson quits Parliament after investigation into 'partygate' statements

काठमाडौं । बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाटपनि राजीनामा दिनुभएको छ । तत्कालै लागू हुने गरी उहाँले राजीनामा दिनुभएको हो ।

जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उहाँमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उहाँले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आउनुभएको छ ।

संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उहाँलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उहाँको आलोचना भएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस