२०८२ जेष्ठ ८ गते बुधवार | 2025 May 21st Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा

FRENCH OPEN NOVAK DJOKOVIC BREAKS CARLOS ALCARAZ IN 'SENSATIONAL' RALLY AFTER BEING 'BEHIND THE UMPIRE'

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा हिजो भएको प्रतिस्पर्धामा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

तेस्रो वरीयताका जोकोभिचले अल्कारेजलाई ६–३, ५–७, ६–१ र ६–१ ले पराजित गरे । जोकोभिच सातौं पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् । जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो । जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन र २३ पटक ग्रान्डस्लाम विजेता हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस