२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जान्नुहोस् केमिकल हालेको लिच्ची थाहा पाउने सजिलो तरिका

काठमाडौं । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ? किनभने छिटो पैसा कमाउन व्यापारीले खाने बेला नभई लिच्ची बजारमा ल्याएका थिए । कोल्ड स्टोरमा राख्दै बजार आइपुगेका त्यस्ता लच्ची हेर्दा राम्रा र पाकेका देखाउँन केमिकल हाल्ने गरेको पाइएको छ ।

बजारमा अहिले लिच्ची छ्याप छ्याप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिकै आएका छन् ।

जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ । त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन । यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ । साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ । साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस