२०८१ असार ५ गते मङ्गलवार | 2024 June 18th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि सिटी र इन्टर मिलान खेल्दै

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ ।

सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गर्नेछ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस