२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपतिनाथ र भारतको महाकालेश्वरका तस्बिर राखेर बाबुरामले उतारिदिए प्रचण्डको नक्कली गेरुबस्त्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतस्थित महाकालेश्वर मन्दिर दर्शनको अबतारको चर्चा अझै सकिएको छैन । आज प्रधानमन्त्रीले नेपालको पशुपतिनाथ मन्दिर दर्शनपछि विगतमा महाकालेश्वर दर्शनका बेलाको तस्बिर समेत जोडेर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्रीमाथी कटाक्ष गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ ? एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ । उहाँले प्रधानमन्त्रीको धार्मिक स्थललाई नयाँ सांस्कृतिक क्रान्ति भन्दै ब्याग्य गर्नुभएको छ । साथै भारतले नेपालको समेत भूमि पर्नेगरी सांस्कृती भन्दै जारी गरेको अखण्ड भारतको नक्साप्रतिपनि उहाँले प्रहार गर्नुभएको छ । उहाँले सांस्कृतिक नक्सा र प्रचण्डको पछिल्लो कार्यलाई शंकाको दृष्टि लगाउनुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस