२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपालाई अरु दलले घेराबन्दी गर्दैछन् : रवि लामिछाने

Rabi Lamichhaanne

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले रास्वपाको बाटो सहज हुन्छ भन्ने देखाइदिए पनि विभिन्न ठाउँबाट घेराबन्दी गरिरहेको बताउनुभयो ।

‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं’, उहाँले भन्नुभयो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको लामिछानेले बताउनुभयो । उहाँले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको टिप्पणी गर्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस