२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीद्वारा पशुपतिको निरिक्षण अवलोकन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरिक्षण अवलोकन गर्नुभएको छ । उहाँलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुभयो । उक्त निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी हुनुहुन्थ्यो ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस