२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोबिता आफै वकिल : बिहेलाई लिएर चरित्र हत्या गर्ने मिडिया देखि कमेण्ट गर्नेसम्मलाई मुद्धा

Sobita Gautam got married

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले आफ्नो विवाहलाई लिएर चरित्र हत्या गरिएको दावी गर्नुभएको छ । एक पोड्काष्टमा बोल्दै उहाँले अहिलेसम्म आफूले कही कतै नभनेका, नबोलेका र नीजि जीवनमा हुँदै नभएका विषयलाई केही व्यक्तिले आफैले कथा बनाएर बाहिर ल्याएर चरित्र हत्या गरेको दावी गर्नुभयो ।

यसरी चरित्रमाथी प्रश्न उठाउँदै समाचार लेख्ने मिडिया र पत्रकार, सामाजिक सञ्जालमा समाचार सेयर गर्ने, पोष्ट गर्ने र कमेण्टमा समेत लेख्नेहरुलाई नछोड्ने उहाँको भनाई छ । आफू कानून व्यवसायी (अधिवक्ता) समेत भएकाले कानूनमा के छ भन्ने राम्रोसँग थाहा पाएकाले कानूनी उपचार खोज्ने बताउनुभएको हो ।

कानून व्यवसायी परिषद्को दर्ता किताबमा हेर्दा उहाँ अधिवक्ता भएको स्पष्ट देखिन्छ । तामाकोशी ३, दोलखा की सोबिता गौतमको लाइसेन्स नम्बर १९४०५ रहेको छ । जो उहाँ सांसद सोबिता गौतम नै हो ।

 

 

sobita gautam marriage issue latest

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस