२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वर्णिम वाग्ले र रवि लामिछानेले एकसाथ भने, अब सुरुङ युगमा जानुपर्छ

swarnim wagle rabi lamichhane

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताउनुभएको छ । आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुग्नुभएका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताउनुभयो ।

उहाँसँगै पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलेपनि मुलुकका विकास नागरिकको सहजता हुने खालका हुनुपर्ने बताउनुभयो । देख्नका लागि विकास भएर मात्र नहुने, भएका विकासले नागरिकलाई जतिसक्दो सहज हुन सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

यो आयोजना महत्वपूर्ण आयोजना भएको वाग्ले र लामिछानेको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताउँदै उहाँहरुले अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताउनुभयो । सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने वाग्लेले बताउनुभयो । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उहाँले यसबाट शिक्षा लिनु पर्ने बताउनुभयो । यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उहाँको भनाई थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस