२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Road Accident

काठमाडौं । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा स.८ प ४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली फिक्कल गाउँपालिका-६ बस्ने ३५ वर्षीय तेज कुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-५ लेकुवापुलस्थित सडकमा बिआर ०१ बिएम २४२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक बह्रमपुरी गाउँपालिका-२ बस्ने २० वर्षीय रमेश ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालबन्दी स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, मेचिनगर नगरपालिका-१५ स्थित सडकमा रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा मे.१ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालक हाल वतन नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मे.१ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस