२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्थमन्त्रीमाथी गगन थापाको आक्रोश : बजेट अवास्तविक छ भनेर स्वीकार्नुहोला [ भिडियोसहित ]

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितीमा यत्रो आकारको बजेट ल्याउन नमिल्ने थापाको भनाई छ ।

‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्नथ्यो भन्ने मेरो अनुमान हो । यो कुनै सूचना होइन । किनकि यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि राम्रोसँग बुझ्नुभएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले यहाँ प्रस्तुत भइसकेपछि यहाँ डिफेन्स पनि गर्नुपर्थ्यो । अवास्तविक छ भन्ने कुरा मनमा लागेपनि होइन भन्नुपर्ने स्थिति छ । तर, कार्यान्वयन गरेर परिणम ल्याउँछु भन्नु भन्दाअघि अवास्तविक छ भनेर स्वीकार्नुहोला। यो यत्रो हुनैसक्दैनथ्यो ।’ २६ मिनेटसम्म उहाँले भिडियोमा के–के भन्नुभयो । यहाँ हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस