२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदूरपश्चिममा आमहडताल : आठ जना बन्दकर्ता पक्राउ

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आम हडतालको प्रभाव परेको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । प्रहरीले आठ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

बिहान प्रदेश संसद् भवन बाहिर ढुङ्गा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । आम हडतालका कारण लामो दूरीका गाडी चलेका छैनन् । यस्तै, छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।

कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् । पहाडी जिल्लामा भने आमहडतालको असर कम परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस