२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानाध्यापकले चर्पी बनाउँदा ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको देखिएपछि मुद्दा दायर

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उहाँले विद्यालयको शौचालय निर्माण गर्नका लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

प्रधानाध्यापक पौडेलविरुद्ध शौचालय निर्माणका लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेक आरोप रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस