२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेट नसच्याए सरकार दुर्घटनामा जान्छ : माधव नेपाल

Madhav Kumar Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताउनुभयो ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठीक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’

नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताउनुभयो । ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं । यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ’ उहाँले भन्नुभयो । अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा रहेको अखण्ड भारतको नक्शाबारे टिप्पणी गर्दै भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको दर्शनमा गएको विषयमा अध्यक्ष नेपालले कोही आस्थाले र कोही चर्चा कमाउनका लागि मन्दिर जाने गरेको टिप्पणी गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस