२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अपराधमा मुद्दा चलेकाले प्रचण्डको राजीनामा माग्दा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्रलाई सांसद चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिनुभएको छ । आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद् बैठकमा अराजकता देखाएको आरोप लगाउनुभयो । उहाँले यो संसद्ले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गर्नुभयो । उहाँले संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ (ज्ञानेन्द्र शाही) असाध्यै अराजक हो । चिहानमा पुरेको राजसंस्था फेरि बिउँताउँछु, मरिसकेको लाशलाई फेरि म पुर्नजीवन दिन्छु भनेर उहाँ बोलिरहनुभएको छ । उहाँले संसदमा आइसकेपछि संविधान मान्नुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र मान्नुपर्छ । यो सदनले राजतन्त्र चिन्दैन । उहाँले रत्नपार्कमा भाषण गर्न सक्नुहुन्छ, जुम्लामा आमसभा गर्न सक्नुहुन्छ, हामीलाई राजसंस्था चाहियो भनेर आफ्नो मुद्दा राख्न सक्नुहुन्छ । सदन आफ्नो मुद्दा राख्ने ठाउँ होइन । आफ्नो मुद्दाको पैरवी गर्ने ठाउँ होइन । त्यो पनि राजसंस्थाको ।’ स्मरणीय कुरा के छ भने, माओवादी सांसदले शाहीलाई चेतवानी दिनुअघि शाहीले संसदबाट प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभएको थियो ।
यस्तो थियो भिडियो

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस