२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्थमन्त्रीलाई पौडेलले भने, राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको भत्ता कटौती गर्न किन सक्नुभएन ?

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच मेल नखाएको भन्दै अर्थमन्त्रीले अर्थतन्त्रको डँढेलो छोप्न खोजेको टिप्पणी गर्नुभएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलमा भाग लिँदै पौडेलले हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिद्युत निशुल्क गर्ने नीति तथा कार्यक्रमबाट बजेट पछि हटेको बताउनुभयो । पौडेलले समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द प्रयोग गर्न समेत अर्थमन्त्री डराएको दुखेसो पोख्नुभयो ।

सरकारको सिद्धान्त र प्राथमकितासँग बजेटको सम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम ल्याउनुको औचित्य नरहने उहाँको भनाई छ । पौडेलले केपी ओली नेतृत्वको सरकारका पालामा लय लिएको अर्थतन्त्रलाई लगातार कमजोर बनाउने काम भएको भन्दै अर्थतन्त्रका समस्या चिन्नसमेत बजेट असफल भएको टिप्पणी गर्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस