२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै पार्टीका अर्थमन्त्रीलाई प्रदीप पौडेलको झटारो, यो बजेटले रुपान्तरण गर्न सकिँदैन [ भिडियोसहित ]

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदमा छलफलमा उठेका विषयहरु बजेटमा पर्छ कि पर्दैनन् ? भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै उहाँले उठेका विषयलाई कसरी समेटिन्छन् स्पष्ट पार्न आग्रह गर्नुभयो । आफ्नै पार्टीका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री भएपनि उहाँले अर्थमन्त्री माथी चित्त नबुझेका विषयमा स्पष्टिकरण माग्नुभयो । नभएको विषय भएन भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न भएको होइन । लामो बेथितिको कारणले उत्पन्न भएको हो । विगतको निरन्तरताले अर्थतन्त्रको रुपान्तरण सम्भव छैन ।’ अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न नसकिने उहाँको भनाइ छ। 

भिडियोमा थप हेर्नुहोस्

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस