२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको विमानस्थल गेटमा गोली चल्यो, प्रहरीले इन्काउण्टर गरेको पुष्टि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।

प्रहरीका अनुसार उनी भारतीय हुन् । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस