२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका–६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनुभयो । घटनाबारे थप जानकारी आउन बाँकी रहेको रिमालले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस