२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको तापक्रममा हिजो यो बर्षको तापक्रम रेकर्ड ब्रेक, आज के हुन्छ ?

too hot temperature in kathmandu nepal

काठमाडौं । काठमाडौंमा हिजो यसवर्षकै गर्मी भएको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । जुन यस वर्षकै सबैभन्दा धेरै भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । सन् २०१२ मा काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।

यसपालि गएको २५ गते ३२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता भने केही घटेको थियो । तर, हिजो यस वर्षकै सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको मौसमविद् कँडेलले बताउनुभयो ।

आज भने काठमाडौंको मौसम आंशिक बदली हुने सम्भावना रहेको कँडेलले बताउनुभयो । उहाँका अनुसार दिउँसो २ः३ बजेतिर क्षणिक वर्षाको समेत अनुमान छ । आज हिजोभन्दा शीतल हुने मौसमविद्ले बताएका छन् । केही दिनयता देशभरका धेरै ठाउँमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ । हिमाली जिल्लामा समेत तापक्रम बढेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस