२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाजुरामा भूकम्प गयो

काठमाडौं । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो । भूकम्पपछि क्षतिको विवरण आइसकेको छैन ।

बाजुरामा पछिल्लो समय पटक–पटक भूकम्प गइरहेको छ । पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले निक्कै धेरै शक्ति सञ्चय भएर रहेको र कुनैपनि समय ठूलो भूकम्प आउँनसक्ने भूकम्पविद्हरुको भनाई छ । नेपालको भूगर्भको अवस्था अत्याधिक भूकम्प जानेमा पर्दछ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस