२०८० मङ्सिर २२ गते शुक्रवार | 2023 December 8th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुख कष्ट दुर्घटना कालो जादू हटाएर धनी खुशी बनाउँने हनुमान मन्त्रको यसरी गर्नुहोस् प्रयोग

Hanuman Mantra

धार्मिक ब्यूरो । नकारात्मक ऊर्जा भएको मानिसको हातले सुन छोएपनि धुलोमा परिणत हुन्छ। नकारात्मक ऊर्जा प्रगतिको सबैभन्दा ठूलो बाधक हो। धार्मिक विश्वास छ कि, नकारात्मक ऊर्जा हटाउन श्री हनुमान मन्त्र अति उपयुक्त हो । घरबाट नकारात्मक ऊर्जा हटाउने केही सरल उपाय मध्ये हनुमान मन्त्री अति उपयुक्त हो । यो सम्बन्धमा आज विस्तृत कुरा गर्दैछौ ।

घरमा नकारात्मक ऊर्जाको संकेत के के हुन् ?

कुनै काम गर्दा दिमागलाई आलश्यको झड्का दिन्छ । साना–साना कुरामापनि रिस उठ्छ । हिड्नु पर्ने बाटोमा हिड्दा हिड्दै अवरोध हुन्छ । कुनै काम पूरा हुँदैन, सधैं केही न केही घटना भइनै रहन्छ । आम्दानीको श्रोत बन्द हुन्छ । आम्दानीको नयाँ बाटो नै पाइन्न । घरमा शान्तिको वातावरण हुँदैन । अचानक अनेक रोग लाग्छ । व्यर्थ खर्च हुन्छ । कमाउने मानिसलाईपनि परिस्थितीले कंगालतर्फ लैजान्छ । यी सबै समस्याहरूको कारण नकारात्मक ऊर्जा हो।

यस कलियुगमा देवताहरूमध्ये बजरंगबली एक मात्र साक्षत देवता हुन् भनिन्छ । जो आफ्ना भक्तहरूमाथि छिट्टै प्रसन्न हुन्छन्। साना उपाय र मन्त्रले हनुमान प्रसन्न हुन्छन्।

हनुमानको आशीर्वाद पाउनुभयो भने सम्झनुहोस् सबै काम पूरा हुन्छ। नकारात्मक ऊर्जा नष्ट हुन्छ । भगवान हनुमानको पूजा गर्नाले कालो जादू, आर्थिक, स्वास्थ्य, नकारात्मक ऊर्जा र शत्रुको विनाश र भय जस्ता समस्याबाट मुक्ति मिल्छ। कसैले कालो जादू चलाएर दुःख दिएको छ भने त्यो नाश हुन्छ ।

सबै खतराहरू हट्छन् र सबै पीडाहरू गायब हुनेछन्। हनुमानलाई प्रसन्न पार्ने सबैभन्दा लोकप्रिय उपाय भनेको हरेक बिहान हनुमानको मन्दिरमा हनुमान चालिसाको पाठ गर्नु हो। हनुमानको आशीर्वादले सबै खराब काम क्षणभरमै पूरा हुन्छ। घरमा सुख–समृद्धि आउँछ र नकारात्मक ऊर्जा नष्ट हुन्छ।

भगवान श्रीरामले हनुमानलाई आफ्ना भक्तहरूको रक्षा र कल्याणको लागि पृथ्वीमा बास गर्न आग्रह गरेका थिए। त्यसयता हनुमान यस कलियुगमा सधैं मानिसको सहयोगीको रुपमा पृथ्वीमा नै रहेको विश्वास गरिन्छ । हनुमान आफ्ना भक्तहरूको भक्ति र प्रेमबाट धेरै प्रसन्न हुन्छन् र उनीहरूलाई आशीर्वाद दिन्छन्। यदि तपाई पनि भगवान हनुमानको भक्त हुनुहुन्छ भने हनुमानको यो मन्त्र तपाईका लागि सबै राम्रो बनाउँने उपाय हो । शनिबार हनुमान मन्दिर जाँदा बाटोमा यो मन्त्र जप गर्नुभयो भने यो मन्त्रले राम्रो काम गर्छ ।

यो हो शक्तिशाली हनुमान मन्त्र

अंजनीगर्भित संभूत कपूर

रामप्रिय नमस्तुभ्यं हनुमं रक्ष सर्वदा॥

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस