२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली छोरी भारतको बुहारी हुँदा नागरिक बन्न ७ बर्ष लाग्छ, हामी त्यही गरौं भन्ने एमालेको जोड

Shankar Pokharel

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिकता सम्बन्धि कानूनमा वैवाहिक अंगिकृत नागरिकताको हकमा ७ बर्षे समय अवधि राख्नुपर्ने पार्टीको अडान रहेको बताउनुभएको छ । सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, हाम्रा छोरीचेली भारतको बुहारी हुँदा नागरिक बन्न ७ बर्ष लाग्ने व्यवस्था छ, टाढाको उदाहरण नरेही खुल्ला सीमा रहेको छिमेकीमा भएकै व्यवस्था नेपालमापनि गरौं भन्ने एमालेको जोड हो ।

अर्को प्रशंगमा महासचिव पोखरेलले नेकपा (एकीकृत समाजवादी) बाट आएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनेपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद स्थगन गरिएको स्पष्टिकरण दिनुभयो । “हामीले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको प्रत्यत्नमा जोड्ने प्रक्रियाअन्तर्गत उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले स्थगन गरेका छौँ,” पोखरेलले भन्नुभयो ।

उहाँले पार्टी लोकतान्त्रिक अभ्यासबाट आएको बताउनुभयो । पोखरेलले नेकपा (माओवादी केन्द्र) मा पुष्पकमल दाहाल प्रचण्ड ०४५ सालदेखि लगतार प्रमुख रहेको बताउँदै आफ्नो पार्टीमा भने त्यसयता मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली नेता बनेको स्मरण गराउनुभयो । उहाँले ७० वर्षे उमेरहदले नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक पद्धतिबाट नआउने भन्ने कुरा नभएको बताउनुभयो ।

“एकातिर एकजना नेता, अर्कोतिर पाँचजना नेता भएको पार्टी हो । यो विषय उठाएर नेतृत्वको जीवन्ततामा समस्या हुन्छ कि भन्नु पर्दैन,” पोखरेलले भन्नुभयो, “७० वर्षे उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने कुरा केही होइन । हाम्रो पार्टीले आफ्नो अभ्यासद्वारा स्थापित गर्दै आएको कुरा राख्न चाहन्छु ।” एमालेको पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद सचिवालय बैठकले निलम्बन गरेपछि चर्चा भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस